नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किसान सङ्गठन मेची अञ्चल ब्यूरो संयोजक धनपति गुरागाईलाई इन्सेकको रोहवरमा वैशाख २२ गते छाडिएको छ ।
फुङलिङ नगरपालिका–२ का ६१ वर्षीय गुरागाईलाई जिल्ला प्रशासन कार्यालयबाट इन्सेकको रोहवर तथा पत्रकारको उपस्थितिमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले बताए ।
सामान्य जीवन बिताउनका लागि अब उप्रान्त उक्त पार्टीमा नरहने गरी पार्टी परित्याग गरिएको गुरागाईले प्रशासनमा बुझाएको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनलाई प्रहरीले ०७५ चैत २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी संञ्जयसिंह थापाले जानकारी दिए ।