नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी नवलपरासीका जिल्ला सदस्य एवम् आर्थिक सङ्कलन संयोजक मध्यविन्दु–९ का ४९ वर्षीय धनबहादुर कुमाललाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।
कुमाललाई मध्यविन्दु नगरपालिका–९ स्थित उनकै निवासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले बताए ।
गिरफ्तार गरिएका कुमाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी रानाभाटले बताए ।