INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

रामग्राम नपा–३, घर भई नेपाल पत्रकार महासङ्घ नवलपरासीका सदस्य बुटवल टुडेका सम्वाददाता बेचु गौँडलाई सडकको गुणस्तर सम्बन्धमा समाचार लेखेको आरोपमा गाउँपाmिलका अध्यक्षले धम्की दिएको पीडितले आरोप लगाए ।

पत्रकार गौँडले पाल्हीनन्दन गाउँपालिका–१ मा निर्माणाधिन सडकमा कम गुणस्तरको सामग्री प्रयोग गरी आर्थिक अनियमित गरेको आरोप लगाउँदै समाचार प्रकाशन गरेको आरोपमा गाउँपालिका अध्यक्ष दिपक गुप्ताले धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले वैशाख १७ गते उजुरी दिएका छन् ।

ज्यान मार्ने उद्योगमा उजुरी आएको र कुनै चोटपटक, घाउ नभएकाले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन नमिल्ने र अभद्र व्यवहारमा मुद्दा चलाउन सकिने जिल्ला प्रहरी कार्यालयका सई माधव भण्डारीले जानकारी दिए ।

घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाले विज्ञप्ति प्रकाशन गर्दै पत्रकार माथिको हस्तक्षेप रोक्न माग गरेको छ ।

अन्य

भिडियो