INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारी हत्या समबन्धमा अदालतमा बहस नोट पेश

चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरे बमोजिम सबै अधिवक्ताले कात्तिक ५ गते बहस नोट अदालतमा पेश गरेका छन् ।

न्यायाधीश टेकनायारण कुँवरको इजलासले लिखित बहस नोट पेश गर्न असोज ११ गते आदेश गरेको हो । साथै यस मुद्दाको पेशी कात्तिक २३ गतेका लागि तय गरिएको पनि अदालतले जनाएको छ ।

वादीका तर्फाट बहस गर्ने नौ जना अधिवक्ता र प्रतिवादीका तर्फाट बहस गर्ने १३ जना अधिवक्ताहरूसँग कात्तिक ५ गतेभित्र लिखित बहस नोट पेश गर्न आदेश गरेकोमा अन्तिम दिन सबैले बहस नोट पेश गरेको अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।

यस घटनाका सम्बन्धमा जिल्ला आदालत चितवनमा असोज ९, १० र ११ गते दुवै तर्फाट बहस गरिएको थियो ।

चितवनको रत्ननगर नपा-१३ मा आफ्नो हजुरबुवालाई भेट गर्न आएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए ।

अन्य

भिडियो