१५ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले कैलाली जिल्लाको गोदावरी नगरपालिका–३ का २३ वर्षीय अनिल सुनारलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ चैत २१ गते ललाईफकाई बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते जिल्ला अस्पतालमा गरिएको थियो ।