शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् ।
राजश्वबाट उठेको रकम करिब २२ हजार जति कार्यालयमा रहेको र रातको समयमा ताला फोडेर सो रकम चोरी भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
घटनास्थलमा बिहानैदेखि प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको कार्यालयमा भएको चोरीमा संलग्न अपरिचित व्यक्ति वा समूह के हो पत्ता लगाउन खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
वैशाख महिनाको राजश्व र सामाजिक सुरक्षा भत्ताको गरी २५ हजार चोरी भएको वडा कार्यालयले जनाएको छ ।