INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा अपमान गरेको भन्दै आरोपितविरुद्ध प्रहरीमा उजुरी

सुनकोशी गाउँपालिका–७ की ५० वर्षीया लिला नेपाललाई सौताका ३० वर्षीय छोरा राजन नेपालले कथित बोक्सीको आरोपमा अपमान गरेको आरोपमा पीडितले दिएको उजुरी ०७६ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।
छोरासँग आफूले पाउने अंशको कुरा गर्दा “मसँग अंश माग्न मेरो श्रीमति भएर आउनु बोक्सी” भन्दै अपमान गरेको पीडितको अरोप छ ।

‘अंश नदिनको लागि उसले ममाथि बोक्सीको आरोप लगाएर अपमान गरेको छ ।’–पीडित महिलाले भनिन् ।

पीडितपक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले बताए ।

अन्य

भिडियो