१८ वर्षीया सरस्वती विश्वकर्मालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ तरहीका २५ वर्षीय नागेश्वर मण्डललाई वैशाख १३ गते गिरफ्तार गरेको छ ।
सुरुङ्गा नपास्थित भेडिया बजार आएकी पीडितलाई आरोपितले वैशाख ८ गते नियन्त्रणमा लिई अपहरण गरी शरीर बन्धक बनाई कसैसँग सम्पर्क हुन नदिई घरमा लगेर राखेको आरोपमा जिल्ला प्रहरी कार्यालयले वैशाख १२ गते उजुरी दर्ता गरेको जनाएको छ ।
पीडितका काका उदयपुर त्रियुगा नपा–६ लालपत्ता झोराका इन्द्रबहादुर बिकले जिल्ला प्रहरी कार्यालयमा वैशाख १२ गते उजुरी दिएका थिए ।
त्यसअघि पीडितका अभिभावकले लालपत्ता प्रहरी चौकीमा हुलियासहित उजुरी दिएपछि इलाका प्रहरी कार्यालय पातोले पीडितको उद्धार गरेको जनाएको छ ।