नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला कमिटी सदस्य तथा राजापुर नगरपालिका र गेरूबा गाउँपालिकाका क्षेत्रीय इञ्चार्ज शक्ति भन्ने बाँसगढी नपा–५ का ३२ वर्षीय विष्णु परियार प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ ।
बाँसगढी नगरपालिका–५ लक्ष्मणामा सेल्टर लिई बसेको स्थानबाट इलाका प्रहरी कार्यालय बाँसगढीबाट गएको प्रहरी टोलीले विष्णुलाई गिरफ्तार गरेको हो ।
गिरफ्तार परेका विष्णुविरूद्ध गैरकानुनी रूपमा चन्दा उठाएको र राजमार्गमा विष्फोटक पदार्थ राखी त्रास फैलाएको आरोपमा इलाका प्रहरी कार्यालय बाँसगढीमा वैशाख १३ गते मुद्दा भएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी मदनजित महराले बताए ।