१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा–९ बस्ने ४० वर्षीय शम्भुलाल श्रेष्ठलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले वैशाख १२ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।
पीडितको स्वास्थ परीक्षण वैशाख १२ गते जिल्ला सामुदायिक अस्पतालमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।