४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मादी गाउँपालिका–५ मिजुरे घर भई पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई जिल्ला अदालतले सात वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश काजीबहादुर राईको इजलासले वैशाख १० गते सात वर्ष कैदसँगै १० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको हो ।
पीडित महिलालाई आरोपितले ०७५ कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७५ कात्तिक १९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियो ।