१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतले वैशाख १० गते १७ वर्ष कैद हुने फैसला सुनाएको छ ।
न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आरोपितलाई १७ वर्ष कैद, ४५ हजार रुपियाँ जरिवाना र २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए ।
बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा ०७५ पुस १३ गते पीडित बालिकाले बाबुविरूद्ध उजुरी दिएकी थिइन् ।
पीडित बालिकालाई आरोपितले ०७४ साल फागुन महिनादेखि बलात्कार गर्दै आएको बालिकाले उजुरीमा उल्लेख गरेकी छन् ।
आरोपितलाई प्रहरीले पुस १३ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज गौतमले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १३ गते नै भरतपुर अस्तपालमा भएको थियो । बलात्कारबाट गर्भवती भएकी र एक पटक गर्भपतन गराएको पीडित बालिकाले बताएकी छन् ।