नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य बाँसगढी नपा–५ हाउपुरका ३७ वर्षीय ओम रेग्मीलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
स्थानीय सिद्धार्थ आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका रेग्मीलाई वैशाख ८ गते सोधपुछ गर्ने भन्दै बोलाएर हिरासतमा राखेको थियो ।
रेग्मीलाई हिरासतमा राखेको र वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा उपस्थित गराउने इलाका प्रहरी कार्यालय बाँसगढीका इन्स्पेक्टर बसन्त गौतमले बताए ।