INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य  बाँसगढी नपा–५ हाउपुरका ३७ वर्षीय ओम रेग्मीलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ  ।

स्थानीय सिद्धार्थ आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका रेग्मीलाई वैशाख ८ गते सोधपुछ गर्ने  भन्दै बोलाएर हिरासतमा राखेको थियो ।

रेग्मीलाई हिरासतमा राखेको र वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा उपस्थित गराउने इलाका प्रहरी कार्यालय बाँसगढीका इन्स्पेक्टर बसन्त गौतमले बताए ।

अन्य

भिडियो