INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा हतुवागढी गाँउपालिका–६ का ४८ वर्षीय रामप्रसाद राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७५ चैत १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्घ उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई वैशाख ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण चैत २१ गते जिल्ला अस्पतालमा गरिएको थियो । पीडित पक्षको उजुरी प्रहरीमा पहिले नै आएपनि आरोपित लुकिछिपी बसेकाले गिरफ्तारीमा ढिलाई भएको इन्स्पेक्टर राजवंशीको भनाई छ ।

आरोपित हतुवागढी गापा–६ होम्ताङस्थित सरस्वती आधारभूत विद्यालयमा करारमा कार्यरत शिक्षक हुन् ।

अन्य

भिडियो