INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले लहान नपा–१९ का १९ वर्षीय मोहमद अजादलाई वैशाख ८ गते २ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश टिकेन्द्र दाहालको इजलासले सो फैसला गरेको जिल्ला अदालतका रजिष्ट्रार नरेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित महिलालाई आरोपितले ०७५ साउन १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा साउन ३ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा साउन ३ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई साउन ३ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा साउन २८ गते आरोपित ३० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

अन्य

भिडियो