१४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–६ का २३ वर्षीय विजय जुग्जालीलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भनी पीडित पक्षले गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दरवाङ्गबाट गएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको हो ।
आरोपित जुग्जालीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि थप अनुसन्धान र पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माले बताए ।