१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियालाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ४ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतका अनुसार आरोपित मियाले घटनापछि कसैलाई नभन्नु भन्दै ५ सय रुपियाँ बालिकालाई दिएर फरार भएका थिए ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्ला अर्घातोष प्रहरी चौककीको संयुक्त टोलीले लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको एसपी बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते गुल्मी जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनायो ।