INSEC Online

📅 २०८३ जेष्ठ २२

विप्लव नेतृत्वको नेकपा निकट शिक्षकद्वारा आत्मसर्मपण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति बर्दियाका संयोजक गुलरिया नपा–६ का ४८ वर्षीय बासुदेव पौडेलले वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा आत्मसमर्पण गरेका छन् ।

शिक्षक पौडेलले नेपाल सरकारले प्रतिबन्ध लगाएदेखि नै अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति बर्दियाको संयोजक पदबाट राजिनामा दिइसकेको र आगामी दिनमा पनि सो पार्टीको कुनैपनि गतिविधिमा संलग्न नुहने बताए ।

शिक्षक पौडेल उक्त पार्टीको गतिविधिमा संलग्न नहुने र संलग्न भएको भेटिए कानुनी कारवाही भोग्न तयार भएको भन्दै आफैँ उपस्थित भई आत्मसर्मपण गरेकाले छाडिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्गले बताए ।

अन्य

भिडियो