५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मालिका गाउँपालिका–१ निस्कोटका २२ वर्षीय गोविन्द पुनलाई जिल्ला अदालत म्याग्दीले सात वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश राजकुमार कोइरालाको इजालसले मुलुकी अपराध संहिता अनुसार सात वर्ष कैदसँगै क्षतिपुर्तिको फैसला गरेको हो ।
पीडित महिलालाई आरोपितले ०७५ असोज १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको थियो ।