INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला सेक्रेटरी वीरबहादुर कठायतलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।

उनलाई कलङ्कीस्थित एक घरमा लुकेर बसेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले गिरफ्तार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

कठायतलाई नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा र बसुन्धरामा बम राखेको आरोपमा गिरफ्तार गरिएको एसपी राठोरले बताए ।

कठायतका साथबाट तीन राउण्ड गोली, चन्दा रसिद र पार्टीका पर्चा बरामत गरिएको प्रहरीले जनायो ।  ०७५ फागुन १० गते एनसेलको कार्यालयमा भएको विष्फोटबाट एक जनाको मृत्यु भएको थियो ।

अन्य

भिडियो