INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई चैत २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका घरमा खेलिरहेको अवस्थामा चैत २२ गते यौन दुर्व्यवहार गरिएको भन्दै पीडित परिवारले चैत २६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुख्खडका हवल्दार शिव बुढाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढी ल्याइएको छ ।

अन्य

भिडियो