विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका पूर्व जिल्ला सदस्य ठाकुरबाबा नपा-७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले चैत २५ गते जिल्ला प्रशासन कार्यालयमा बर्दियामा आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गुलरियामा उपस्थित भएर पार्टीको कुनै पनि भूमिका र संलग्नता नरहने सापकोटाले बताए ।
सापकोटाले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । पार्टीको कुनैपनि भूमिकामा नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रनिे मौका दिइएको सिडिओ कुरुम्बाङ बताए ।
यसैगरी बाँके जिल्लामा पनि चैत २५ गते खजुरा गाँउपालिका-८ का ६६ वर्षीय चुन्नी खाँले पार्टीको कुनैपनि गतिविधिमा नलाग्ने लिखित प्रतिबद्धता सहित आत्मसमर्पण गरेका छन् ।
राजनीतिक प्रतिबन्धपछि नेपालगञ्ज उपमनपा-२ का डिल्लीबहादुर बिसी, कोहलपुरका रामजी कुँवर, रुकुम चौरजहारीका गगन खड्काले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलले बताए ।