INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्जिनियरलाई कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भई लिसंखुपाखर गाउपालिकाको इन्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गर्ने सोही गाउँपालिका-१ ठूलोधादिङका वडा सदस्य दावादोर्जे तामाङलाई चैत २४ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको छ । स्थानीय भ्याङ्छुप सेम्पा गुम्बा स्तुपाको निर्माण सम्बन्धी विवादमा योजनाको भुक्तानी दिन इन्जिनियरलाई दबाब दिए पनि नमानेपछि वडा सदस्यले चैत १७ गते दिउँसो कार्यालयमै गएर कुटपिट गरेका थिए ।

कार्यकक्षमा गएर कुटपिट गरेको भन्दै लिसंखुपाखर गाउँपालिकाका कर्मचारिहरूले चैत १९ गतेदेखि अनिश्चितकालसम्म कार्यालयको काम ठप्प बनाएर आन्दोलन समेत शुरू गरेका थिए । इन्जिनियरलाई कुटपिट गरी जिल्लाबाट फरार रहेका वडा सदस्यलार्इ काठमाडौँमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरी सोही दिन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ल्याएको छ ।

अन्य

भिडियो