१३ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चैत १९ गते ४६ वर्षीय शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।
पीडितको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ । पीडित एक्लै भएको बेला चैत १८ गते आरोपितले दुर्व्यवहार गरेको पीडितका आफन्तले बताए ।