दुल्लू नपा–८ घियातीदूकी २० वर्षीया सरला खड्कालाई २६ वर्षीय पति रामबहादुर खड्काले कुटपिट गरी दुई महिने छोरीसहित घर निकाला गरेको भन्दै पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
पीडितको उजुरीपछि घटनाको वास्तविकता थाहा पाउन र आवश्यक कारवाहीका लागि आरोपित पक्षलाई प्रहरीमा झिकाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद शर्माले बताए ।
दुई वर्षअघि विवाह भएकोमा आरोपितले विवाह लगत्तैदेखि अत्याधिक मदिरा सेवन गरेर कुटपिट गरिरहने र पछिल्लो पटक चैत १८ गते कुटपिट गरी घर निकाला गरेपछि ज्यान जोगाउन भैरबी गाउँपालिका–२ घुमेगाउँस्थित माइतीमा बस्दै आएको पीडित सरलाले बताइन् ।