INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले महिलाको घाँटीको केही भाग काटिएको अवस्थामा शव फेला परेको बताए । एसपी पौडेलले आरोपित भारततिर भागेको सूचना आएको र खोजी भइरहेको बताए ।

मृतक बुद्धिरामकी कान्छी पत्नी हुन् । घटना लगत्तै आरोपित फरार रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पतालमा राखिएको  छ ।

अन्य

भिडियो