चार वर्षीया कालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई चैत १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले उजुरी गरेपछि प्रहरीले भारतीवाडाबाट आरोपितलाई गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर नविन ओलीका अनुसार पीडित पक्ष आरोपितको दबाबमा परेर बाहिरै मिलापत्र गर्न खोजेका थिए ।
इन्स्पेक्टर ओलीका अनुसार भारतीवाडा स्थित नमूना प्रथामिक विद्यालयमा चैत १८ गते बालिकामाथि यौन दुव्र्यवहार भएको जानकारी आएपछि आरोपित भारतीलाई गिरफ्तार गरी अनुसन्धान थालिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।