INSEC Online

📅 २०८३ जेष्ठ २१

हावाहुरीले सयौँ घर भत्काएपछि सर्वसाधारण स्थानीय खुला आकाशमुनी

हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा ५५ जना भन्दा बढी व्यक्तिको घरमा क्षति पुगेको छ ।

हावाहुरीले साफी मिया अन्सारी, बगर मिया अन्सारी, मोजम मिया अन्सारी, अब्दुल हकिम मिया, अनताफ मिया अन्सारी, सफिक मिया अन्सारी, मोबारक मिया अन्सारी, सबिर मिया अन्सारी, जाकिर मिया ठकुराई, मुस्तुफा अन्सारी, सहबजान मिया अन्सारी, सकुर मिया धोबी, आलमगिर मिया अन्सारी, अकलु मिया ठकुराई, मन्जुर मिया अन्सारी, ईमताज मिया अन्सारी, मुस्ताक मिया अन्सारी, शैफ मिया ठकुराई, महम्मद गानी ठकुराई, महमद सानी मिया ठकुराई, हारुन मिया ठकुराई, मोजाबिल मिया ठकुराई, मरोदिन मिया ठकुराईको घरमा क्षति पुगेको हो ।

हावाहुरीले यहाँका अंधिकांश घरहरू भत्किएका छन् । हावाहुरीले धान, चामल, लत्ताकपडा सबै उडाएर लगेको छ । हवाहुरीले घर भत्किएपछि पीडितहरू रातभर भोकभोकै खुला आकाशमुनी बस्नु परेको छ ।

किराना व्यापार सङ्घ कलैयाले फेटा गाउँपालिकाको भरवलिया टोलका हावाहुरीबाट प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । सङ्घका अध्यक्ष विष्णु पौडेलको अगुवाईमा गएको एक टोलीले उक्त राहत सामग्री वितरण गरेको हो ।

प्रभावित घरपरिवारलाई चिउरा, भुजिया, पानी, चाउचाउलगायतका सामग्री वितरण गरिएको हो । बीरगञ्ज महानगरपालिकाले भरवलियाका प्रभावित घरपरिवारलाई चाउचाउलगायतको राहत सामग्री वितरण गरेको छ ।

यसैगरी हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा रहेको उपस्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ ।

हावाहुरीले उक्त स्वास्थ्य चौकीको छत उडाएर लगेको छ।भने सोही स्थानमा रहेको लुकहीमाई मन्दिरमा समेत क्षति पुर्‍याएको छ ।

त्यसैगरी बाराको फेटा गाउँपालिका–७ गम्हरियामा हावाहुरीले स्थानीय जलाउदिन मिया हजाम, लालबाबु साह, ध्रुवलाल साहको घरमा क्षति पुर्‍याएको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा हावाहुरीले धेरै घरमा क्षति पुर्‍याएको छ ।घरको छानो उडाएर लगेको छ ।

त्यसैगरी हावाहुरीले बाराको देवताल गाउँपालिका–७ रमपुर्वामा १ सय ९५ घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले यहाँका घरहरूका छाना उडाएर लगेको छ ।

हावाहुरीले घर भत्किँदा तीन जना घाइते भएका छन् । जसमध्ये राजेशराम गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ ।

हावाहुरीले घर भत्काएपछि पिडीतहरुको बिजोग भएको छ।नेकपाका स्थानीय नेता कौशलकिशोर सिंहले पीडितहरूलाई चिउरा, चाउचाउलगायतका राहत सामग्री वितरण गरेका हुन् ।

हावाहुरीबाट प्रभावित घर परिवारलाई स्थानीय बृजकिशोर यादवले निःशुल्क खानाको व्यवस्था गरेका छन् ।

उक्त टोलका ४० जना हावाहुरी प्रभावितलाई देवताल गाउँपालिकाको कार्यालयले त्रिपाल वितरण गरेको छ ।

हावाहुरीले बाराको प्रसौनी गाउँपालिकाको खुटवाजब्दीमा २ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले अधिकांश घरको छानो उडाएर लगेको नेकपाका स्थानीय नेता विनोद पटेलले जानकारी दिएका छन् ।

यसैगरी बारा बचत तथा ऋण सहकारी संस्थाले हावाहुरीबाट प्रभावित भएकाहरूको लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले कलैया उपमहानगरपालिकामार्फत २० बोरा चामल, १० केजी दाल हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष भाष्करप्रसाद साहले उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् । बिश्रामपुर गाउँपालिकाका कर्मचारीहरुले समेत भलुही भरवलियामा राहत सामग्री वितरण गरेका छन् ।

photo20190402bara (1)

photo20190402bara (2)

photo20190402bara (3)

photo20190402bara (4)

photo20190402bara (5)

photo20190402bara (6)

photo20190402bara (7)

photo20190402bara (8)

अन्य

भिडियो