INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कर्जन्हा नपा–३ का नौ वर्षीय बालक अभिषेक सदाको हत्या गरेको कसुरमा जिल्ला अदालतले मृतकका ३० वर्षीया सौतेनी आमा कौशिला सदालाई चैत १७ गते जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए ।

अधिकारीका अनुसार मृतकका ३२ वर्षीय बाबु श्रीप्रसाद सदालाई ६ महिना कैदको फैसला गरिएको छ ।

आरोपितहरुले ०७५ साउन २२ गते बालकलाई हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले साउन २३ गते आरोपितहरुलाई गिरफ्तार गरेको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितहरुले बालकको हत्या गरी शव जलाएको सूचना स्थानीयहरुबाट आएपछि आरोपितहरुबिरुद्ध साउन २३ गते प्रहरी प्रतिवेदनमा उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

शव जलेका कारण पोष्टमार्टम हुन नसकेको थिएन । जिल्ला अदालतको भदौ १९ गते आदेशमा आरोपित श्रीप्रसाद १० हजार धरौटीमा रिहा भएका थिए भने कौशिला पुर्पक्षको लागि थुनामा रहेकी थिइन् ।

अन्य

भिडियो