INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक सदस्यद्वारा बालकको उद्धार !

राजगढ गाउँपालिका–६ का ११ वर्षीय राजुकुमार खंगलाई इन्सेक सदस्य एवम् जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य सचिव वैद्यनाथ झाले भारत बिहारको दरभंगाबाट चैत १७ गते उद्धार गरेका छन् ।

झाले भारत बिहारको दरभंगा पुगेर सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी बालकलाई नेपाल ल्याएपछि चैत १७ गते जिल्ला प्रशासन कार्यालयमा उनका बुवा रामअवतार खंगको जिम्मा लगाएका हुन् ।

‘दिदीको घर जान्छु’ भन्दै चैत १ गते घरबाट हिँडेका राजु घर फर्किन नसकेपछि उनलाई भारतीय प्रहरीले फेला पारी बाल कल्याण समिति, दरभंगाको जिम्मा लगाएको थियो ।

भारत बिहार दरभंगाको बाल गृहमा रहेका बालकबारे दरभंगास्थित बाल कल्याण समितिमार्फत जानकारी पाएपछि उद्धार सम्भव भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

अन्य

भिडियो