नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित दुई जना लाई चैत १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पुतलिबजार नगरपालिका १३ छहरीखोलामा मोटरसाइकलमा यात्रारत अवस्थामा पोखरा महानगरपालिका-२७ घर भएका ३३ वर्षीय स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र पश्चिम रुकुम त्रीवेणी गाउँपालिका-१ घर भएका सो पार्टी निकट मजदुर सङ्गठनका जिल्ला अध्यक्ष २९ वर्षीय जीवन भन्ने गोविन्द ओलीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई राज्य विरुद्धको अपराध र विष्फोटक पदार्थसम्बन्धी आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।