INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको टोलीद्वारा जिल्लाको मानवअधिकार अवस्था अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापालगायतको टोलीले सरोकारवाला निकायलाई भेटेर कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको हो ।

अनुगमनका लागि चैत १४ गते जिल्ला पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेना प्रमुख, पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतसँग भेटघाट गरी जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको हो ।

टोलीले चैत ७ गते गिरफ्तार भई चैत १४ गते इन्सेक जिल्ला प्रतिनिधिको रोहबरमा मुक्त भएका रास्कोट नपा–८ बस्ने रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्णबहादुर विश्वकर्मासँग पनि भेटघाट तथा छलफल गरेको थियो ।

अन्य

भिडियो