१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा बेलका नगरपालिका–८ माझटोलका ३२ वर्षीय मनोज राईलाई जिल्ला अदालतले चैत १३ गते १० वर्ष कैद र पीडितले पाउने गरी क्षतिपूर्ति बापत १ लाख रुपियाँ भराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सोे फैसला गरेको हो । चैत ४ गते अदालतले बलात्कार गरेको कसुर ठहर गरेपछि राईलाई सजाय निर्धारणका लागि १३ गते पुनः पेस गरिएको थियो । पीडितलाई राईले ०७५ असोज १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज १५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । असोज १४ गते गिरफ्तार भएका राईलाई अदालतले कात्तिक ९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।