आठ वर्षीया बालिकालाई बलात्कार गरेकोे आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध १३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको छ । हाल अरोपित बालकलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेमा राखिएको प्रहरीले जनाएको छ ।