निषेधित क्षेत्र प्रधानमन्त्री निवास, बालुवाटारमा प्रदर्शन गर्न जाने क्रममा २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई प्रहरीले ०८३ साउन ७ गते गिरफ्तार गरेको छ ।
प्रदर्शनका लागि कालो बस्त्रसहित प्रधानमन्त्री निवासतर्फ जाने क्रममा गिरफ्तार गरी प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले पाँच दिन हिरासतमा राख्न अनुमति दिनुभएको छ ।