नवयुवा पुस्ताको आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते फरार भएका धरान उपमहानगरपालिका–८ का ३० वर्षीय नविन भनिने किशोर राईलाई प्रहरीले ०८३ साउन ७ गते गिरफ्तार गरेको हो ।
बलात्कार र लागू औषध मुद्दामा क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैद भुक्तान गरिरहेको अवस्थामा भदौ २४ गते फरार भएका राईलाई धरान उपमहानगरपालिका–८ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।
गिरफ्तारीमा परेका राईलाई अदालतमा हाजिर गराएर पुन: कारागार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।