१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका–१०, शेरबास बस्ने १९ वर्षीय सुशिल रानामगरलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण सोहीदिन भरतपुर अस्पतालमा गरिएको छ ।