नवराजपुर गाउँपालिका—४ की २७ वर्षीया संजनाकुमारी यादवलाई मोवाइल फोनमा कुराकानी गरेको भन्दै फलामको रड तताई कुटपिट गरेको आरोपमा प्रहरीले पति ३३ वर्षीय रामशंकर यादवलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको छ ।
पति रामशंकर र २७ वर्षीय देवर श्यामसुन्दर यादवविरुद्ध पीडितले साउन ६ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएकी छन् । पीडितको उपचार नवराजपुरको स्वास्थ्य कार्यालयमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पीडितको पतिलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको र फरार आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालले बताउनु भएको छ ।