सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ इञ्चार्ज भोजपुर आमचोक गाँउपालिका–८ का ३८ वर्षीय कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई मोरङ प्रहरीले चैत्र १३ गते गिरफ्तार गरेको छ ।
प्रहरीले श्रेष्ठलाई सुन्दरहरैचा नगरपालिका–९ सलकपुरबाट बिहान ७ बजे हिँडिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले उनलाई अनुसन्धानका लागि सुनसरीको धरान लगिएकोे बताए ।