INSEC Online

📅 २०८३ श्रावण ६

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि सामाजिक सञ्जालबाट पटक–पटक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नृत्य शिक्षकलाई गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापा जिल्ला बुद्धशान्ति गाउँपालिका– ७ का ३९ वर्षीय भीम नेपाललाई साउन ५ गते गिरफ्तार गरेको हो ।

विभिन्न समयमा छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सो विद्यालयका दुई जना शिक्षक, एक जना सवारी चालक र एक जना नृत्य शिक्षक गरी चार जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

प्रहरीले ०८३ साउन ४ गते  सुन्दररहैँचा नगरपालिका–१० घर भई सोही विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा नगरपालिका–२ घर भई सोही विद्यालयका शिक्षाकहरु ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दररहैँचा नगरपालिका–१२ का ३५ वर्षीय अविरल मास्केलाई गिरफ्तार गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा सूक्ष्म अनुसन्धान भइरहेको मोरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । यसैवीच नेपाल शिक्षक महासंघ नगरसमिति सुन्दरहरैंचाले २०८३ साउन ५ गते  विज्ञप्ति  जारी गरी अनुससन्धानमा सहयोग पुर्‍याउन र सत्यतथ्य बाहिर नआउन्जेल धैर्यधारण गर्न सबैलाई आग्रह गरेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो