अपाङ्गता भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागलुङ जिल्ला जैमिनी नगरपालिका– ९ का २८ वर्षीय धनबहादुर थापालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधिश सिता शर्मा अधिकारीको ०८३ असार २४ गतेको इजालसले आरोपितलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) (२) र सोही संहिताको सोही दफाको उपदफा ३(क) को अवस्थाको पीडित भएको उपदफा ७ बमोजिम जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार टिकाराम आचार्यले बताउनु भयो । त्यस्तै सोही दफा बमोजिम ७ लाख रुपियाँ जरिवाना र २ लाख रुपियाँ पीडितलाई क्षतीपुर्ती भराउने ठहर भएको श्रेस्तेदार आचार्यले जानकारी दिनुभयो ।
आरोपितले महिलालाई ०८२ जेठ ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरेको थियो ।