१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई चैत ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित फरार भएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ९ गते गरिएको छ । आरोपितमाथि अनुसन्धान थालिएको डिएसपी थापाको भनाई छ ।