तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई नौ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितको ०८३ असार ३१ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै एक वर्ष ६ महिना कैद, १५ हजार रुपियाँ जरिवाना र ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेकोमा नावालक भएकाले तोकिएको कैद र जरिवाना आधा लाग्ने इजलासले निर्णय गरेको जिल्ला अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
०८३ वैशाख १० गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएपछि अदालतले बलात्कार नभई यौन दुर्व्यवहार ठहर गरेको हो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।