INSEC Online

📅 २०८३ असार ३१

बलात्कार मुद्दामा पूर्व प्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालतका  न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ०८३ असार ३० गते अहिराजलाई दोषी ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।

पीडित पक्षले आरोपितविरुद्ध ०८१ माघ ३ गते जिल्ला प्रहरी परिसर, काठमाडौँमा बलात्कार मुद्दामा उजुरी दर्ता गरेकोमा आरोपितलाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको थियो । आरोपितले पीडितलाई १७ वर्ष हुँदादेखि नै पटक–पटक र अन्तिम पटक ०८१ जेठ ४ गते  बलात्कार गरेको आरोप छ ।  घटनापछि कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएको समेत पीडितको आरोप छ । राजेश अहिराज (राजेश झा) ०७७ फागुन ७ देखि ०७८ साउन ३२ गतेसम्म मधेश प्रदेशका प्रदेश प्रमुख थिए । अहिराज पत्रकार तथा मधेशवादी अभियन्ताका रूपमा पनि परिचित छन् ।

पार्बती साउद

अन्य

भिडियो