४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रुरुक्षेत्र गाउँपालिका–१, गुल्मी घरभई तानसेन पाल्पामा बस्दै आएका ४३ वर्षीय लक्ष्मण बिकलाई ५ महिना २७ दिन कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको असार ३० गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै ५ महिना २७ दिन कैद, २५ हजार ५ सय रुपियाँ जरिवाना र ३ लाख ७५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो ।
आरोपितले महिलालाई ०७९ पुस ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ माघ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई माघ ४ गते तानसेनबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतका न्यायधीश हरिप्रसाद शर्मा पंगेनी उपाध्यायको माघ १८ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते पाल्पा अस्पतालमा गरिएको थियो ।