INSEC Online

📅 २०८३ असार ३१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६ का ३० वर्षीय नविन परियारलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितको असार ३० गतेको इजलासले आरोपितलाई कसुदार ठहर गर्दै १२ वर्ष कैद, ५ लाख रुपियाँ जरिवाना र ५० हजार रुपियाँ क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण पुस १८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

जयनारायण पुन

अन्य

भिडियो