INSEC Online

📅 २०८३ असार ३०

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत २६ वर्षीया महिलालाई चरित्र हत्या गरेको आरोपमा भारतको आसाम राज्य, मदनपुर, गुहाटीका २६ वर्षीय जावरुल हकलाई प्रहरीले ०८३ असार २६ गते काठमाडौँ महानगरपालिका–२७ बाट गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध असार २५ गते साइबर व्युरोमा दिएको थियो ।

अश्लील भिडियो तथा तस्बिर प्रयोग गरी ब्ल्याकमेल गर्दै अनुचित लाभका लागि दबाब दिएको र माग पूरा नभएपछि आरोपितले ती सामग्री सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेको पीडित पक्षको आरोप छ । .

ब्युरोका अनुसार विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट असार २६ गते पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनु भयो ।

पार्बती साउद

अन्य

भिडियो