१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला सिगास गाउँपालिका–१ का २० वर्षीय राजेश धामीलाई ०८३ असार २९ गते घनगढीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २४ गते गोदावरी नगरपालिका–२ स्थित होटलमा बोलाएर बलात्कार गरेको भन्दै पीडित बालिकाले घटना बारे आमालाई जानकारी गरेपछि आरोपितविरुद्ध असार २८ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको गोदावरी नगरपालिका–१ का अध्यक्ष गोपालदत्त भट्टले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई असार २९ गते धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।