१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवन जिल्लाको खैरहनी नगरपालिका स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५ वर्षीय विकास कुमार श्रेष्ठलाई ०८३ असार २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, खैरहनीमा उजुरी दिएका थिए । आरोतिले ह्वाटएप र स्टाग्राम मार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरू समेत पठाउने गरेको र ५० हजार रुपिँया दिने प्रलोभन समेत देखाएको पीडित पक्षको आरोप छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता चन्द्रभुसन यादवले बताउनु भयो ।